माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँडको मिति तय

३० आश्विन २०८०, मंगलवार १६:३७

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ कात्तिक ३ गते (शुक्रबार) बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा सर्वसाधारणले १२ लाख ४९ हजार १०७ आवेदकबाट १ करोड ३८ लाख ८० हजार ५९० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा १०.८० गुणाले बढी हो।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारणले गोलाप्रथाबाट बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । जसमा भाग्यमानी १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*