नेप्सले प्रिमियममा आइपीओ जारी गर्ने, साधारण सभा कहिले ?

१ कार्तिक २०८०, बुधबार १०:०८

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ ।

कम्पनीले कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु गर्ने गरी सभा डाकेको छ । सभामा कम्पनीले प्रिमियम मूल्य सहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ ।

साथै, गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ । आव २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । कम्पनीले आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*