सजिलो ब्रोकरले डाक्यो प्रथम वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरुः

१ कार्तिक २०८०, बुधबार ११:००

काठमाडौं । सजिलो ब्रोकर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा डाकेको छ । लिमिटेडले कार्तिक २५ गते सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा विहान ११ः०० बजेदेखि सभा डाकेको हो ।

उक्त सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्ने, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ती र वार्षिक वित्तीय विवरण छलफल तथा पारित गर्ने जस्ता साधारण प्रस्तावहरु रहेका छन् ।

साथै कम्पनीले प्रबन्धपत्र र नियमावलीको प्रावधानमा संशोधन तथा अख्तियारी प्रदान गर्ने र लेखापरीक्षक नियुक्ती गर्नेजस्ता विशेष प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*