बुक बिल्डिङमा ऐतिहासिक फड्को, पहिलो अनुमति पाउने भाग्यमानी सर्वोत्तम

१ कार्तिक २०८०, बुधबार ११:१५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने अनुमति दिएर ऐतिहासिक सुरुवात गरेको छ । बुक बिल्डिङका हकमा बोर्डको यो ऐतिहासिक फड्को हो । बोर्डले २९ असोजमा सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको हो । यसै कदमबाट बोर्डले बुक बिल्डिङमा हात हालेको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकाल अवधिमा बुक बिल्डिङ प्रणालीलाई कार्यान्वयनमा ल्याएर ऐतिहासिक सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् । धितोपत्रको आईपीओ जारी गर्ने विधि बुक बिल्डिङ विधि हो । अन्तर्राष्ट्रिय अभ्यासमा बुक बिल्डिङ प्रक्रियालाई सबैभन्दा वैज्ञानिक मानिन्छ ।

सर्वोत्तमले प्रतिशेयर ४०१ रुपैयाँ कटअफ मूल्यमा बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेकामा बोर्डले ४०१ रुपैयाँ कटअफ राखिदिएको हो ।

यसका लागि सर्वोत्तमले गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ । सर्वोत्तमले २४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको छ । सर्वोत्तमको मुख्य लगानीकर्ता विष्णु न्यौपाने हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*