ब्रोकर कमिसन घटाउने निर्णयले नेप्सेमा उछाल

१ कार्तिक २०८०, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा हरियाली छाएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै लगानीकर्तामा उत्साह छाउदा नेप्सेमा उछाल आएको हो ।

बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७ को विन्दुमा कायम भएको छ । केही दिनएता अठार सयको विन्दुमा कायम रहिरहेको नेप्से आज उन्नाइस सयको विन्दुमा प्रवेश गरेको हो ।

आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजारको कारोबार भएको छ । नेप्सेसँगै आज १३ वटै उपसूचकमा पनि हरियाली छाएको छ ।

आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इनभेष्टमेन्ट, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा उपसूचक क्रमशः २.४६, २.७४, २.१४, २.५३, २.२३, २.२६, २.२६ र २.८७ प्रतिशतले बढेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*