सानिमा जिआईसीको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कस्को भयो सर्वाधिक कारोबार?

१ कार्तिक २०८०, बुधबार १५:२४

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से बढेसँगै आज सानिमा जीआईशीको सर्वाधिक ४ करोड ४६ लाखको शेयर कारोबार भएको छ ।

त्यस्तै आज, कुमारी बैंक प्रोमोटर शेयरको ३ करोड १३ लाख, आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४२ लाख, शिवम सिमेन्टको २ करोड २७ लाखको शेयर कारोबार भएको छ ।

बुधबार हाथवे इन्भेष्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनआईशी एशिया र नबिल बैंकको शेयर कारोबार सर्वाधिक भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*