ब्रोकर कमिसन घटाउने निर्णयसँगै निर्जीवन बीमा कम्पनीको शेयरमूल्यमा उछाल, कुनको कति ?

१ कार्तिक २०८०, बुधबार १६:३४

काठमाडौं । बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै नेप्से परिसूचक ४३.२७ अंकले बढेको हो ।

धितोपत्र बोर्डको निर्णयले लगानीकर्तामा उत्साह छाउदा शेयरबजार अठार सयको विन्दुबाट उन्नाइस सयको विन्दुमा उक्लिएको छ । लगानीकर्ता उत्साहित भएसँगै आज आज निर्जीवन बीमा उपसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको हो ।

बुधबार निर्जीवन बीमा सेक्टरबाट कारोबारमा आएका १२ वटै कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४.८८ प्रतिशतले बढेको छ भने दोस्रोमा नेपाल इन्स्योरेन्स कम्पनीको ४.०५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज राष्ट्रिय बीमा संस्थानको शेयरमुल्य १३ हजार ३२५ रुपैयाँमा कायम भएको छ भने सानिमा जिआईसीको शेयरमूल्य ४३४ रुपैयाँमा कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*