घलेम्दी हाइड्रोको हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम मौका

२ कार्तिक २०८०, बिहीबार १०:२७

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (कात्तिक ३ गते) बुक क्लोज गर्दैछ ।

जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*