नेशनल हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत

२ कार्तिक २०८०, बिहीबार १४:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

नेशनल हाइड्रो कम्पनीले लगानीकर्तालाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त हकप्रद सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*