सोनापुर मिनरल्सको साधारण शेयर नेप्सेमा सूचीकृत

२ कार्तिक २०८०, बिहीबार १४:५४

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु १०० कायम भएको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १ करोड २३ लाख २०० कित्ता (४० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता (६० प्रतिशत) शेयर समेत गरी कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

उक्त सूचीकृत शेयर दोस्रो दिनबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*