झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९७ करोडमै सिमित

२ कार्तिक २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटको छ । आज नेप्से ४.०५ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ३७ लाख ६६ हजार १५३ कित्ता किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै आज अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । आज ९ वटा उपसूचकहरुमा रातो पोतिएको छ भने बाँकीका ४ उपसूचकमा हरिलाली छाएको छ । आज बैंकिङ, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र अदर्श इन्डेक्स बढेको छ भने बाँकीका उपसूचक (इन्डेक्स) मा रातो पोतिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*