नबिल बैंकको हकप्रद शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

२ कार्तिक २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारका अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्सेमा ४ अंकको गिरावट आउदा नबिल बैंक लिमिटेड प्रोमोटर शेयरको सर्वाधिक ५ करोड ९० लाखको कारोबार भएको हो ।

दोस्रोमा प्रभु बैंकको हकप्रद शेयरको ५ करोड १५ लाखको कारोबार भएको छ । तेस्रोमा नबिल बैंकको ३ करोड ९० लाख र चौथोमा घलेम्दी हाइड्रोको २ करोड ८१ लाखको कारोबार भएको छ ।

त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्स, एनआईसी एशिया बैंक, आइएमई लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम सिमेन्टस् र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*