शेयर बजारमा बिहीबार क-कसले कमाए सर्वाधिक ?

२ कार्तिक २०८०, बिहीबार १५:१६

काठमाडौं । साताको अन्तिम कारोबार दिन, शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकको रेकर्ड कायम गरेको नेप्से साताको अन्तिम दिन बिहीबार ४.०५ अंकले घटेको हो ।
शेयर बजार सामान्य अंकले घट्दा सिटिजन्स म्युच्युअल फण्ड २ ले सर्वाधिक कमाई गरेको छ ।

सिटिजन्स म्युच्युअल फण्ड २ को शेयर मूल्य ५.८७ प्रतिशतले बढेको छ । दोस्रो नम्बरमा बीपीडब्लू लघुवित्त वित्तीय संस्था छ । जसको शेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ । सेन्चुरी डिवेन्चर २०८८ को शेयर मूल्य समेत बढेको छ ।

यस्तै, गरिमा डिवेन्चर २०८५ ले समेत बिहीबार उल्लेख्य कमाई गरेको छ । बुधबार सर्वाधिक कमाएको सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड बिहीबार पाँचौ नम्बरमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*