यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२ कार्तिक २०८०, बिहीबार १५:२३

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै आज १५० कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज अप्पर सोलु हाइड्रोको शेयरमुल्य सर्वाधिक ८.२५ प्रतिशतले घटेको छ । दोस्रोमा इन्फिनिटी लघुवित्तको ६.७३, तेस्रोमा आशा लघुवित्तको ६.६१, चौथोमा सयपत्री हाइड्रोपावरको ५.२२ र पाँचौमा ज्योति विकास बैंकको ४.९४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, खानीखोला हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, साम्लिङ पावर कम्पनी, युनाइटेट आईडीआई मार्दी आरबी हाइड्रोपावर र लक्ष्मी इक्विटी फण्डको शेयरमूल्य सर्वाधिक घटको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*