भिजन लुम्बिनी सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

३ कार्तिक २०८०, शुक्रबार १०:०८

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँटफाँट गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयका लागि १९ लाख १२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरिएकामा १४ लाख २४ हजार ५९० कित्ता मात्रै बाँटफाँट गरिएको कम्पनीले जनाएको छ । स्थानीयहरुसँग विक्री हुन नसकेको ४ लाख ८७ हजार ९१० कित्ता आईपीओ समेत थप गरेर अन्य सर्वसाधारणमा विक्री गर्न लागेको बताइएको छ ।

यस्तै, दोस्रो चरणमा ९५ हजार ६२५ कित्ता सामूहिक लगानीकोषका लागि र ३८ हजार २५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको छ ।

सर्वसाधारणले यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्रीका लागि कार्तिक २० गतेसम्मको समय दिइएको छ ।

त्यो अवधिभित्र माग बमोजिम आवेदन नगरेमा मंसिर १ गतेसम्म विक्री समय लम्बिने बताइएको छ । यो कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । आवेदकले मेरो शेयर समेत प्रयोग गरेर आईपीओ भर्न सक्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*