माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँट

३ कार्तिक २०८०, शुक्रबार १०:२८

काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओ आज शुक्रबार ९कात्तिक ३ गते० बाँडफाँट भएको छ । गोलाप्रथाद्वारा गरिएको यो बाँडफाँटमा १ लाख २८ हजार ४२० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो । जसमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*