हिमालयन रिको आइपीओ निष्काशनको मिति तय, कति कित्तासम्म भर्न पाइन्छ ?

३ कार्तिक २०८०, शुक्रबार १०:५४

काठमाडौं । हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअनुरुप कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले ३ करोड कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कुल शेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता शेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिन्छ भने यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*