ओरियण्टल होटल्सको नगद लाभांश वितरण

३ कार्तिक २०८०, शुक्रबार १२:३७

काठमाडौं । ओरियन्टल होटल्सले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न थालेको छ । कम्पनीले असोज ११ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई कर सहित ५.२७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

लाभांश खातामा नआएका शेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । साथै, सेयर अभौतिकीकरण (डिम्याट) नगरेका शेयरधनीहरुलाई पनि शेयर डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको असोज २५ गते बसेको साधारण सभाले निर्णय गरेबमोजिम गत आर्थिक वर्ष ०७९।८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजारको आधारमा नगद लाभांश वितरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*