दशैंमा धेरै पैसा खर्च नगर्नुहोस्, यी ठूला कम्पनीहरूको आइपीओ आउँदैछ पैसा जोगाउनु होस्

६ कार्तिक २०८०, सोमबार १६:३२

काठमाडौं । दशैँ लगत्तै कम्पनीहरुले अर्वौ रकम बराबरको आईपीओ जारी गर्ने भएको छ ।नेपालीहरुको महान चाड दशैँ चलिरहेको छ । दशैँ भन्नेवित्तिकै खाने रमाउने परम्परा छ । दशैँमा फजुल खर्च गर्दै हुनुहुन्छ भने विचार गर्नुहोस् । दशैँ पछाडी यी कम्पनीको आईपिओको लागी रकम आईपिओको लागि छुट्याएर राख्न उपयुक्त हुने छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्काशन गर्न बाँकि रहेका ५ वटा कम्पनीहरु रहेका छन् ।बोर्डमा पाईपलाइनमा रहेका २० वटा कम्पनी रहेका छन् आईपीओ निष्काशन अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकि कम्पनीहरु रहेका छन् ।

भिजन लुम्बिनी उर्जा कम्पनी – २० लाख ७५ हजार २ सय ८५ कित्ता, मुक्तिनाथ कृषि कम्पनी – १२ लाख १४ हजार कित्ता, नेपाल वेयरहाउजीङ कम्पनी – ११ लाख ४१ हजार २ सय ५० कित्ता, हिमालयन रि इन्स्योरेन्स – २ करोड ४९ लाख कित्ता (प्रिमियम मूल्यमा) निष्काशन गर्न लागेको छ ।

त्यस्तै, डिस मिडिया नेटवर्क ः १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता, दरम खोला हाइड्रो ः ३९ लाख ५० हजार कित्ता, सान्भी इनर्जी ः ३७ लाख ९० हजार, रिचेट जलविद्युत कम्पनी – ११ लाख ७६ हजार ४ सय ५०, बेनी हाइड्रोपावर– २० लाख ८० हजार कित्ता, याम्बिलिङ हाइड्रो – २८ लाख कित्ता, एपेक्स हस्पिटालिटी ः २४ लाख कित्ता, माबीलुंग इनर्जी – १८ लाख ९० हजार ५ सय ३० कित्ता, जगदम्बा स्टिल – २ करोड ७० हजार कित्ता, एसवाई प्यानल नेपाल – ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता, सोलु हाइड्रो – २ करोड कित्ता, टक्सार पिखुवा खोला– ४२ लाख ३० हजार ६ सय ६८ कित्ता, हिम स्टार उर्जा – ११ लाख १९ हजार कित्ता, भुजुङ हाइड्रो– १४ लाख ५५ हजार कित्ता, रिलायन्स स्पिनिंग मिल्स – ७ लाख ७० हजार ६ सय ४० कित्ता (बुक विल्डिङ विधि), एकर्ड फर्मासुटिकल्स – ७ लाख ६ हजार ९ सय ९ कित्ता, ट्रेड टावर लिमिटेड– ११ लाख ५८ हजार ९ सय ८० कित्ता, सानिमा हाइड्रोपावर– १४ लाख ७० हजार कित्ता, कान्तिपुर टेलिभिजन – ७ लाख ५० हजार कित्ता र आईएमई लिमिटेड – १० लाख कित्ता अनुमति पाउन बाँकि कम्पनीहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*