दुई कम्पनीले भोलिदेखि आइपीओ बिक्री खुल्ला गर्दै, प्रतिकित्ता कति ?

९ कार्तिक २०८०, बिहीबार १०:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शुक्रबार (कात्तिक १० गते) देखि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसको १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यस्तै, नेपाल वेयर हाउजिङ कम्पनीले पनि शुक्रबार ९कात्तिक १० गते० देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १०५ ले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो । कम्पनीले २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जनाएको छ ।वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस ९आइएस०’ रेटिङ दिएको छ ।नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ ।

कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।कम्पनीको आन्तरिक प्रतिफल दर १५।१९ प्रतिशतरहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ९।२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३।६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म यो कम्पनी प्रतिसेयर ८।८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिसेयर ५।५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६।११ रुपैयाँ हुने प्रक्षेपण छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*