नेप्सेमा सूचीकृत हुने कम्पनीको संख्या साढे २ सय नाघ्दै, १७ कम्पनी आईपीओको अनुमति कुर्दै

९ कार्तिक २०८०, बिहीबार १०:५७

काठमाडौं । आईपीओ जारी गर्नका लागि नाम चलेकासहित १७ कम्पनीहरु अनुमतिको पालो कुरेर बसेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका मध्ये १७ कम्पनी आईपीओ अनुमतिको व्यग्र प्रतिक्षा गरिरहेका हुन् ।

अनुमतिको पालो कुर्ने मध्ये अधिकांश हाइड्रोपावर कम्पनी छन् । जसमा सानीमा हाइड्रो पावरदेखि बेनी हाइड्रोपावरसम्म छन् । कम्पनीहरुको आईपीओ जारी गर्ने रकम जोड्दा कुल १० अर्ब ४७ करोड ७४ लाख रुपैयाँ हुन आउँछ । धितोपत्र बोर्डमा आवेदन दिएका यी १७ मध्ये जगदम्बा स्टील्सले २ करोड ७० हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।

जगदम्बाले प्रतिकित्ता ३०० रुपैयाँका दरले ६ अर्ब २ करोड १० लाख रुपैयाँको आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस्तै, डिस मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यी दुईबाहेक अन्य कम्पनीले एक अर्ब रुपैयाँभन्दा कमको आईपीओ निष्कासन गर्न अनुमति माग गरेका छन् ।

कान्तिपुर टेलिभिजनले समेत ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यी कम्पनीको आईपीओ बिक्रीमा आएपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको सँख्या साढे दुई सय भन्दा बढी पुग्ने देखिन्छ । हाल नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई सय ४० कम्पनी सूचीकृत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*