९ दिनपछि खुल्यो शेयर बजार, के पोहोरको दशैंजस्तै दोहोरो अंकले बढ्ला ?

१२ कार्तिक २०८०, आईतवार ११:०७

काठमाडौं । बडा दशैंका कारण ९ दिन बन्द रहेको शेयर बजार परिसूचक नेप्से खुलेको छ । दशैं विदापछिको ९ दिन तथा साताको पहिलो दिन नेप्सेमा ऋणात्मक अवस्थाबाटै कारोबार खुला भएको छ । दशैंअघि निरन्तर गिरावटको अवस्थामा रहेको नेप्सेले अब कस्तो दिशा समात्ला भनेर आमलगानीकर्तालाई चासो छ ।

शेयर कारोबार बन्द हुनुअघि २ कार्तिकमा नेप्से परिसूचक ४ दशमलव ०५ अंकले घटेर १९०३ दशमलव ८४ विन्दुमा आइपुगेको थियो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ८४ कम्पनीको ३७ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा ९७ करोड रुपैयाँको कारोबार भएको छ ।

१३ वटा सूचक मध्ये लगानीकर्ता समूह, बैंकिङ समूह, सामूहिक लगानी र अन्य समूहको सूचक सामान्य बढेको थियो । दशैंपछिको शेयर कारोबार कस्तो रहला भनी सर्वत्र चासो छ । तर, यसअघिका दशैंपछिको कारोबार फर्केर हेर्दा मिश्रित खालको अवस्था देखिन्छ । गत वर्ष दशैंपछि कारोबार खुलेकै दिन नेप्से सूचक ४४ दशमलव ६२ अंकले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*