सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा पहिलो दिनमा नै किन लाग्यो नकारात्मक सर्किट ? यस्तो छ कारण

१२ कार्तिक २०८०, आईतवार १२:३८

काठमाडौं । पहिलो कारोबारको दिनमा नै सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा नकारात्मक सर्किट लागेको छ ।नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३५० रुपैयाँमा सेयर किनबेच शुरु भएकोमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर प्रतिकित्ता ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। ।कम्पनीको सेयरमा बिक्री बढी भएको देखिएको छ ।

बिक्रेता धेरै भएकाले मूल्य घटेको हो । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १४२.०१ रुपैयाँदेखि अधिकतम ४२६.०३ रुपैयाँ तोकेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*