६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा पुग्यो एनएलजी इन्स्योरेन्स

१२ कार्तिक २०८०, आईतवार १४:३४

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमतिका लागि पुगेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १०स्६।६ सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै कात्तिक ३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद जारी गर्न लागेको हो ।बीमा प्राधिकरणले तोकेको साढे २ अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*