दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७४ करोडमै सिमित

१२ कार्तिक २०८०, आईतवार १५:०५

काठमाडौं । दशैंका कारण नौं दिनपछि खुलेको शेयरबजार आज दाहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको २७ लाख १२ हजार १२३ कित्ता शेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज ट्रेडिङ र होटल तथा पर्यटन उपसूचक सर्वाधिक क्रमशः २.६८ र २.६३ प्रतिशतले घटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*