सोनापुर मिनरल्सको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

१२ कार्तिक २०८०, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज २७ कम्पनीहरुको शेयरमूल्य बढ्दा २०० कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज सोनापुर मिनरल्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोको शेयरमूल्य ७.९२, एनआईबीएल प्रगती फण्डको ५.५७, एनआईसी एशिया ग्रोथ फण्डको ५.५३ र इन्ग्वा हाइड्रोपावरको शेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, रिभर फल्स पावर लिमिटेड, माया खोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*