ओम मेगाश्री फर्मास्यूटिकल्सद्वारा शेयर खरीदबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह

१२ कार्तिक २०८०, आईतवार १५:३२

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले शेयर खरीदबापतको रकम जम्मा गर्न शेयरधनीहरूलाई आग्रह गरेको छ ।

कम्पनीले हाल कायम शेयरधनीहरूलाई १ः०.२ अनुपातमा शेयर बिक्रीको स्वीकृति पाएको हो । सो अनुरुप कम्पनीले शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ७ लाख कित्ता शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो । सो रकम जम्मा गर्न कम्पनीले ३५ दिनको समयावधि तोकेको छ ।

उक्त समयावधिमा रकम जम्मा नगरेमा वा शेयर बिक्री गर्ने हक अरुलाई बिक्री तथा हस्तान्तरण नगरेमा कम्पनीको सञ्चालक समितिको निर्णय अनुरुप अन्य व्यक्ति वा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*