मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

१३ कार्तिक २०८०, सोमबार १०:०९

काठमाडौं । मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले असोज २९ गतेदेखि संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । यसअघि कम्पनीले यस कम्पनीले भदौ १० देखि ३१ गतेसम्म १५ लाख ८२ हजार कित्ता ३५५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*