प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द

१३ कार्तिक २०८०, सोमबार ११:०१

काठमाडौ ।  साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २८।१८ अंक घटेर १८७५।६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८१ अंक बढेर १८७६।४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।४३ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १२ स्टकको ५४ हजार ९६२ रुपैयाँ ५० पैसाबराबरको ५४६ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*