सोनापुर मिनरल्स एण्ड आयलको शेयर दोस्रो दिन पनि नकारात्मक सर्किट

१३ कार्तिक २०८०, सोमबार १२:०२

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर दोस्रो दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिजो अर्थात आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयर सोही दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

आइतबार स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको यस कम्पनीको शेयरमूल्य सो दिन १० प्रतिशत घटेर ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आज पनि बजार खुले लगत्तै घटेको यस कम्पनीको शेयरमूल्य अहिले १० प्रतिशत अर्थात ३१ रुपैयाँ ५० पैसा घटेर २८३ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।

आइतबारजस्तै यस दिन पनि कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको छ भने खरिदचाप शून्य रहेको छ। यो समाचार तयार पार्दासम्ममा कम्पनीको ३ लाख ९० हजार ७४८ कित्ता शेयर सेलिङ्ग अर्डर छ भने खरिदचाप शून्य रहेको छ। शेयरधनीहरुले १० प्रतिशत घटाएर शेयर बिक्री गर्छु भन्दा पनि खरिद गर्न चाहने कोही छैनन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*