सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ६९ करोडमै सिमित

१३ कार्तिक २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ अंकले बढेर १८८७.७० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजारको कारोबार भएको छ ।

नेप्से सामान्य अंकले बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ भने उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसूचक घटेका छन् । आज निर्जीवन बीमा उपसूचक ०.८६, ट्रेडिङ उपसूचक ०.८१ र फाइनान्स उपसूचक ०.८० प्रतिशतले बढेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*