सोनापुर मिनरल्सको शेयरमा आजपनि नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?

१३ कार्तिक २०८०, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेतापनि ९७ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । कारोबारको अघिल्लो दिन नकारात्मक सर्किट लागेको सोनापुर मिनरल्सको शेयरमा आज पनि नकारात्मक सर्किट लागेको हो ।

दोस्रोमा बिन्ध्याबासिनी हाइड्रोपावरको ६.६७, तेस्रोमा अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको ६.५८ प्रतिशतले शेयरमूल्य घटेको छ । लक्ष्मी उन्नति कोषको ४.२९, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड–१ को ३.९२ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, सीवाईसी नेपाल लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड–२, मनकामना स्मार्ट लघुवित्त, साम्लिङ पावर कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक घटेको छ ।

loo

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*