मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँटको मिति तय, १४ लाख बढीको हात खाली हुने

१३ कार्तिक २०८०, सोमबार १७:०३

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ कात्तिक १६ गते बिहीबार बाँडफाँट हुने भएको छ । बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको हो ।

मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको मिर्मिरे लघुवित्तको एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी रहेका १४ लाख ९ हजार ३९६ जनाको हात खाली हुनेछ ।

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशनमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*