सोनापुर मिनरल्स एन्ड आयलको सेयर लगातार तेस्रो दिन नकारात्मक सर्किट लेभलमा कारोबार

१४ कार्तिक २०८०, मंगलवार ११:४०

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर लगातार तेस्रो दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।मंगलबार सुरुवाती कारोबारमै ९।९८५ ले घटेर यस कम्पनीको सेयर प्रतिकित्ता २५५।२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेप्सेमा आइतबार पहिलो कारोबार भएयता सोनापुरको भाउमा लगातार नकारात्मक सर्किट लागेको हो । यसअघि आइतबार र सोमबार लगातार दुई दिन १० प्रतिशत ले घटेर बन्द भएको थियो ।आइतबार सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुला भएको थियो ।

यद्दपि, बजार बन्द हुँदा भाउ घटेर ३१५ रुपैयाँमा आएको थियो । सोमबार मध्याह्नसम्ममा थप १० प्रतिशत ले घटेर २८३।५० रुपैयाँमा कारोबार बन्द भएको थियो छ । मंगलबार पनि ९।९८ प्रतिशत ले घटेपछि यस कम्पनीको सेयर भाउ आइपीओ जारी भएको मूल्य नजिक आएको छ । यसले सर्वसाधारणलाई १०० अंकित मूल्यमा १३७।५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*