नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५७ करोडमै सिमित

१४ कार्तिक २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन आज मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा कायम भएको छ ।

मंगलबार नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजारको कारोबार भएको छ । नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज जीवन बीमा उपसूचक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*