सोनापुर मिनरल्सको शेयरमा तेस्रो दिनपनि नकारात्मक सर्किट, अन्य कसले गुमाए सर्वाधिक ?

१४ कार्तिक २०८०, मंगलवार १५:१३

काठमाडौं । साता कारोबारको तेस्रोदिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा गिरावट आउदा अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

मंगलबार ३८ कम्पनीहरुको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज लगातार तेस्रो दिनपनि सोनापुर मिनरल्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । दोस्रोमा एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने तेस्रोमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्य ४.४३ प्रतिशतले घटेको छ ।

त्यस्तै, बीपीडब्लु लघुवित्त, मेन्छियाम हाइड्रोपावर, इन्ग्वा हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स कम्पनी, सामुदायिक लघुवित्त र सुर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ ।

loo

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*