गभर्नर, अर्थमन्त्री र बोर्डका अध्यक्षको घरमै पुगेर सुझाव दिने तयारीमा लगानीकर्ता

१७ आश्विन २०८०, बुधबार १८:१८

काठमाडौं ।  शेयर बजारको सुधारको माग गर्दै लगानीकर्ताहरुले गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री प्रकाशशरण महतलाई निजि निवासमै पुगेर सुझाव दिने भएका छन्।शनिवार गभर्नरको निवास, आईतबार सेबोन अध्यक्ष निवास र सोमबार अर्थमन्त्री निवास पुगेर पूँजीबजार संकट समाधानका लागि सुझाव दिने, सबै आउनुहोलाू उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरुले शनिवार गभर्नर महाप्रसाद अधिकारीको निवास पुगेर सुझाव दिने योजना बनाएका छन् भने आईतबार सेबोन अध्यक्ष निवास पुगेर अध्यक्ष रमेश हमाललाई सुझव दिने र सोमबार अर्थमन्त्री प्रकाशशरण महतको निवास पुगेर पूँजीबजार संकट समाधानका लागि सुझाव दिने योजना रहेको छ।

पूँजी बजारको सुधारको लागि सुझाव दिने कार्यक्रममा सहभागी हुन कोइरालाले लगानीकर्तालाई आग्रह समेत गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*