ओटीसीमा पौने २ अर्बको कारोबार, राज्यलाई अर्बौँ राजस्व नतिर्ने वर्ल्डलिंकको प्रतिकित्ता ९ हजार ३७५ शेयर मूल्य

१५ कार्तिक २०८०, बुधबार १०:१६

काठमाडौं । यो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटीसी) बजारमा एक अर्ब ७१ करोड ६ लाख ६८ हजारको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २९ कम्पनीको एक करोड ३६ लाख ७२ हजार हजार शेयर किनबेच भएको छ । कम्पनीको न्यूनतम एक सय रुपैयाँदेखि उच्चतम ९ हजार तीन सय ७५ रुपैयाँसम्म शेयर किनबेच भएको छ ।

सरकारलाई वर्षौँदेखि रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ)को अर्बौ रकम नतिर्ने वर्ल्डलिंक कम्युनिकेशनको सर्वाधिक उच्च मूल्यमा शेयर किनबेच भएको नेप्सेले जनाएको छ । वर्ल्डलिंकको प्रतिकित्ता ९ हजार ३७५ मा शेयर किनबेच भएको हो ।

वर्ल्डलिंकले नेपाल सरकारलाई वार्षिक रोयल्टी र आरटीडीएफ बापतको १ अर्ब २५ करोड बढी रकम राजस्व बुझाउन बाँकि छ । बक्यौता तिर्न छोडेर उसले सरकाविरुद्ध उल्टै सर्वोच्च अदालतमा मुद्दा हालेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक गरेका पत्राचारको अवज्ञा गरेको छ । हालै संसदीय समितिले यसरी रोयल्टी तथा राजस्व नबुझाउने इन्टरनेट सेवा प्रदायकहरुको बचाउ परेको भन्दै आलोचना भइरहेको छ । नेपाल दूर सञ्चार प्राधिकरणले त्यसरी रोल्टी नतिर्ने कम्पनीलाई खारेज गर्ने तथा व्याण्डविथ बन्द गरिदिने कारबाही गर्ने चेतावनी दिए पनि ग्राहकलाई पर्ने मर्काका कारण एक्सन लिन सकेको छैन ।

उता गत आर्थिक वर्षमा ओटीसी मार्केटमा दुई अर्व ८५ करोड ८४ लाख १९ हजार ७८६ रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस बेला ८४ कम्पनीको ओटीसी मार्केटमा खुई करोड १२ लाख ६४ हजार ९५ कित्ता शेयर किनबेच भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*