सोनापुर मिनरल्सको सर्वाधिक कारोबार, साढे १० करोडमाथि शेयर खरिदबिक्री

१५ कार्तिक २०८०, बुधबार १२:४६

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको शेयर मूल्य आइपीओ मूल्य निरन्तर घट्दै आज सर्वाधिक खरिदबिक्रीको लिष्टमा परेको छ।कम्पनीको शेयर मूल्य २३९ रुपैयाँमा कारोबार भईरहेको छ। कम्पनीको शेयर मूल्य सर्वाधिक खरिदबिक्रि भएको देखिएको छ।

कम्पनीको १० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भईसकेको छ ।सोनापुर मिनरल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो।

तर, यस दिन बजार खुलेलगत्तै कम्पनीको शेयरमूल्य घटेर २३० रुपैयाँसम्म झरेको हो। यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर प्रतिकित्ता २३८।६० रुपैयाँ पैसामा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*