नेप्सेमा झिनो अंकको गिरावट, १२ उपसूचक राताम्मे

१५ कार्तिक २०८०, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ को विन्दुमा कायम भएको हो ।

बुधबार नेप्सेमा सूचीकृत कुल २९६ कम्पनीहरुको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आउँदा आज १२ वटा उपसूचक घटेको छ भने इन्भेष्टमेन्ट उपसूचक ०.०८ प्रतिशतले बढेको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ । दोस्रोमा उत्पादन तथा प्रशोधन उपसूचक ०.९८ र तेस्रोमा माइक्रोफाइनान्स उपसूचक ०.७० प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*