सोनापुर मिनरल्सको शेयरमा अत्यधिक गिरावट, अन्य कुनको कति ?

१५ कार्तिक २०८०, बुधबार १५:१५

काठमाडौं । आइतबारदेखि मंगलबारसम्म नकारात्कम सर्किट लागेको सोनापुर मिनरल्सको शेयरमूल्यमा आज बुधबार सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य आज ७.९९ प्रतिशतले घटेको हो ।

दोस्रोमा सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ७.७५, तेस्रोमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ६.१४, चौथोमा सीवाईसी नेपाल लघुवित्तको ५.५२ र पाँचौमा स्वेत गंगा हाइड्रोको शेयरमूल्य ४.०४ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज एनआईबीएल ग्रोथ फण्ड, निर्धन उत्थान लघुवित्त, हिमालयन हाइड्रोपावर, मैलुङ्ग खोला जलुविद्युत कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*