मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड, कसले कति शेयर हात पारे?

१६ कार्तिक २०८०, बिहीबार १०:३१

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा लघुवित्तकोे एफपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेकोमा १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द गरिएका छन् ।

कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियाद्वारा बाँडफाँड गरिएको हो । जस अनुरुप १२ हजार ३८१ जनाले कम्पनीको शेयर प्राप्त गरेका छन्। । यसरी बाँडफाँट गर्दा ६.४५ कित्ता शेयर रहेकोले उक्त शेयर पनि १२ हजार ३८१ जनामा नै बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । ६ जनाले लघुवित्तको थप एक कित्ता अर्थात ११ कित्ता शेयर प्राप्त गरेका छ भने एक जनाले ०.४५ कित्ता शेयर प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*