सोनापुरको शेयर आईपीओभन्दा पनि सस्तो, लगातार नगेटिभ सर्किट

१६ कार्तिक २०८०, बिहीबार १०:२५

काठमाडौं । सोनापुर मिनिरल्सको शेयर मूल्य आईपीओभन्दा पनि सस्तो हुन पुगको छ । सोनापुरको शेयर मूल्यमा चौथो दिन पनि उच्च गिरावट आएर प्रतिकित्ता २ सय ३४ रुपैयाँ ८० पैसा कायम हुन पुग्यो । कम्पनीले १०० अंकित मूल्यमा एक सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसाका दरले आईपीओ निकालेको थियो ।

आइतबारदेखि मंगलबारसम्म लगातार ३ दिनसम्म नेगेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्य चौथोदिन बुधबार ८ प्रतिशतले घट्यो । कम्पनीको शेयर कारोबार आइतबार प्रतिकित्ता ३ सय ५० रुपैयाँमा खुलेको थियो आइतबार शेयर मूल्य १० प्रतिशतले घटेर ३ सय १५ रुपैयाँ कायम भएकोमा सोमबार थप १० प्रतिशत घटेर २ सय ८३ रुपैयाँ ५० पैसा कायम भएको थियो । यस्तै, मंगलबार ९।९८ प्रतिशतले घटेर शेयर मूल्य प्रतिकित्ता २ सय ५५ रुपैयाँ २० पैसा पुगेको थियो ।

नेप्सेमा सोनापुरको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता शेयर सूचीकृत भएको छ । सोनापुर सर्वाधिक कारोबार हुने शेयरको सूचीमा वुधबार शीर्षस्थानमा रहे पनि घाटा रहेको कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरेर जनसाधारण लगानीकर्तालाई ठगेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*