नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१६ कार्तिक २०८०, बिहीबार १०:५९

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको पाँच लाख कित्ता संस्थापक शेयर आजदेखि लिलामी बिक्रीमा आएको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको उक्त शेयर लिलामी बिक्रीमा खुला गरेको हो ।

यस शेयरमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् । यस शेयरको न्यूनतम मूल्य २७७ रुपैयाँ तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक रकम तोकि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

आवेदकले न्यूनतम १ लाख कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन मिल्नेछ । शेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिने अन्तिम मिति कात्तिक २० गते तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*