दोहोरो अंकले घट्यो नेप्से, होटल तथा पर्यटन उपसूचकमा उछाल

१६ कार्तिक २०८०, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्सेमा १० अंकको गिरावट आउँदा १९० कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज नेप्से उपसूचक ०.५८ प्रतिशतले घटेर १८४७.७० को विन्दुमा कायम हुन पुगेकोे छ । आज ३७ लाख ४९ हजार ९५४ कित्ता किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार बराबरको कारोबार भएको छ ।

नेप्से ओरालो लाग्दा ११ उपसूचक घटेको छ भने बाँकीका दुई उपसूचक बढेका छन् । आज होटल तथा पर्यटन उपसूचक ४.२७ र उत्पादन तथा प्रशोधन उपसूचक ०.०७ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज म्युचुअल फण्ड उपसूचक ४.६३, ट्रेडिङ उपसूचक ३.०५, हाइड्रोपावर उपसूचक १.१० र फाइनान्स उपसूचक १.०५ प्रतिशलते घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*