सयपत्री हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?

१६ कार्तिक २०८०, बिहीबार १५:१७

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से १० अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमुल्यमा गिरावट आएको छ । आज ४० कम्पनीको शेयरमूल्य बढ्दा १९० कम्पनीहरुको शेयरमुल्य घटेको हो ।

आज सयपत्री हाइड्रोपावरको शेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ । रावा इनर्जीको शेयरमूल्य ७.४६ प्र्रतिशतले घट्दा बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, साम्लिङ पावर, सुपर मादी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र मेगा म्युचुअ फण्ड–१ को शेयरमूल्य आज सर्वाधिक घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*