भिजन लुम्बिनी उर्जाको आईपीओमा १.३६ गुणा बढी

१६ कार्तिक २०८०, बिहीबार २०:०४

भिजन लुम्बिनी उर्जा कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १।३६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै २ लाख १८ हजार २१३ जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको २८ लाख ४१ हजार ८ सय ९० कित्ता शेयर माग गरिएको छ । भिजन लुम्बिनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३५ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १९ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

सो निष्काशनपश्चात बाँडफाँट भई बाँकी रहेको शेयर सहित तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको ९५ हजार ६२५ कित्ता र कर्मचारीहरुका लागि ३८ हजार २५० कित्ता शेयर छुट्याई २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*