बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वाेत्तम सिमेन्ट

१७ कार्तिक २०८०, शुक्रबार १०:४२

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्ने भएको छ । नेपालको पूँजीबजार क्षेत्रमा पहिलो पटक यस प्रक्रियामार्फत शेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता शेयरका लागि शुरुमा तोकिएको बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँलाई परिमार्जन गरी ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो । कम्पनीको शेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिनेछ ।

योग्य संस्थागत लगानीकर्ताहरुले बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय भद्रकालीमा शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ ।

कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ । कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको रहेको भन्ने बुझाउँछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*