धितोपत्र बोर्डमा अर्को बदमासी, ‘व्याक डेट’मा पहुँचवाललाई कमोडिटी एक्सचेन्जको सिफारिस

१७ कार्तिक २०८०, शुक्रबार १६:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी(उद्योग)एक्सचेन्जको आवेदन मूल्याङ्कन गर्न गठन गरेको समितिको संयोजकले नै ‘व्याक डेट’मा दुई एक्सचेन्जलाई अनुमतिको सिफारिस गरेको भेटिएको छ । त्यस्तो गर्ने पात्र हुन्, हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका फणिन्द्र गौतम । कानून मन्त्रालयलको सहसचिव भएका आधारमा उनी त्यतिबेला धितोपत्र बोर्डको संचालक समिति सदस्य थिए । जस कारण धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको आवेदन मूल्यांकन गर्न गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो ।

उनी संयोजकत्वको समितिले हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जलाई ‘व्याक डेट’मा अनुमति प्रदानको सिफारिस गरेको भेटिएको हो । संयोजक रहेका गौतम सचिव बढुवा हुनासाथ अन्यत्र पदस्थापित भए । जतिबेला उनी स्वतः संचालकबाट हटेको ठहर्छ । तर, उनले व्याक डेटमा हस्ताक्षर गरेर दुई कमोडिटीको मूल्यांकन गर्दै सिफारिस गरेका बताइन्छ ।

गौतमलाई भदौं २१ गतेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेकामा असोज १२ गते एक्सचेन्जको सिफारिसमा हस्ताक्षर गरेको भेटिएको छ । गौतमले हिमालयनलाई ८२ र मल्टी एसेट्सलाई ८० अंक दिएका छन् । त्यसै सिफारिसका आधारमा केही दिनभित्रै सञ्चालक समिति बैठक बसेर हिमालयन र मल्टि एसेट्सलाई कमोडिटीको लाइसेन्स दिन लागिएको बताइएको छ ।

हिमालयनमा दीपक भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल, गोल्छा समूहका शेखर गोल्छा लगायतको लगानी रहेको बताइन्छ । मल्टि एसेट्समा पूर्वमन्त्री विक्रम पाण्डे, कृष्णकुमार अग्रवाल, दिकेश मल्होत्रा, परितोष गुप्ता र संस्थागत रुपमा लक्ष्मी बैंकको लगानी छ ।

दीपक भट्टको दबाबमा गौतमले व्याक डेटमा कमोडिटीको मूल्यांकन गरेर पठाएको खुल्न आएको छ । निश्चित समूहलाई लाइसेन्स दिन प्रपन्चका लागि व्याक डेटमा सिफारिस गर्ने काम भएको भन्दै बोर्डका कर्मचारीहरुले नै आपत्ति जनाएका छन् । कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि नेपाल मल्टी कमोडिटी र मल्टी डेरिभेटिभ एक्सचेन्जले पनि आवेदन दिएकामा ती फालिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*