गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

१९ कार्तिक २०८०, आईतवार १२:३२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले मंसिर २२ गतेसम्म बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको शेयर बिवरणसमेत खुलाई आवेदन दिन सक्नेछन् ।

उक्त अवधिसम्म संस्थापक शेयरधनीहरुबाट खरिद आवदेन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*